Grab 90% Discount
NRB Vacancy_2081

NRB Vacancy_2081

नेपाल राष्ट्र बैंक (NRB) ले याही २०८१ को विज्ञापन खुलाएको छ।प्रशासन र प्राविधिक(IT) धारको खुला प्रतियोगितामार्फत भरिने निम्न पदहरूको लागि योग्य नेपाली नागरिकहरूबाट आवेदन आव्हान गरिएको छ। सम्पूर्ण विस्तृत जानाकारीको लागी तल Read More मा गई हेर्नुहोस!

Date:10/1/2025, 5:02:28 AM
489
Banking

नेपाल राष्ट्र बैंक (NRB) ले याही २०८१ को विज्ञापन खुलाएको छ।प्रशासन र प्राविधिक(IT) धारको खुला प्रतियोगितामार्फत भरिने निम्न पदहरूको लागि योग्य नेपाली नागरिकहरूबाट आवेदन आव्हान गरिएको छ। इच्छुक र योग्य उम्मेदवारहरूले २०८१ सालको श्रावण ३२ गतेदेखि NRB को Official Portal मा राखिएको  online portal for open application मा गई Online माध्यममार्फत आफ्नो आवेदन फारम पेश गर्न सकिनेछ। आवेदन फारम पेश गर्दा बैंकले तोके बमुजीम सम्पूर्ण विवरणहरू फाराममा उल्लेख गर्नुका  साथै निम्न कागजातहरूको इलेक्ट्रोनिक प्रतिलिपि (स्क्यान/अट्याच) समेत Upload गर्नुपर्ने हुन्छ।

कागजातहरु (Documents):

  • नेपाली नागरिकता प्रमाणपत्र,

  • हालैको पासपोर्ट आकारको फोटो,

  • आवेदन गरिएको पदको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र (ट्रान्सक्रिप्ट, चरित्रक प्रमाणपत्र, यदि योग्यताको प्रमाणपत्र नेपाल बाहिरको देशबाट प्राप्त गरिएको छ भने सम्बन्धित प्राधिकरण/संस्थानबाट समकक्षता प्रमाणपत्र गराइको)

  • आरक्षीत कोटाको लागी योग्य उमेरदुवारले साम्बन्धीत निकाया वा संघ /स्थाको परमाणपत्र।

आवश्यक न्यूनतम शैक्षिक योग्यता

  • विज्ञापन न.12/2081 (सहायक निर्देशक): मान्यता प्राप्त विश्‍वविद्यालयबाट अर्थशात्र वा व्यावस्थापन वा जन प्रशासन विषयमा स्नातकोत्तर तह उत्रीण गरेको हुनुपर्नेछ।

  •   विज्ञापन न. १३/२०८१ (सहायक):  मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तह वा ‍+2  वा सो सरहको परिक्षा उत्रीण गरेको हुनुपर्नेछ।

  •   विज्ञापन न. १४/२०८१ (सहायक सूचन प्रविधि) : मान्यता प्राप्त शिक्षण संस्थाबाट ३ बर्षिय डिप्लोमा (Computer Engineering/Hardware Engineering /Electronics Communication and Information Engineering/ Computer Science Engineering) उत्रीण गरेको हुनुपर्नेछ

उमेरदवारको उमेरः

·         सहाय निर्देशक पदकोलागिः दरखास्त दिने अन्तिम मिति (२०८१ भाद्र २०) सम्ममा २१ बर्ष पुरा भई ३५ बर्ष ननाघेको हुनु पर्नेछ। महिला उम्मेदवारको हकमा ४० बर्ष ननघेको हुनुपर्ने।

·         सहायक पदकोलागिः दरखास्त दिने अन्तिम मिति (२०८१ भाद्र २०) सम्ममा १८ बर्ष पुरा भई ३५ नानाघेको हुनुपर्ने छ तर महिलाको हकमा ४० वर्ष ननाघेको हुनेपर्ने छ ।

सिङ्गल दस्तुरको लागि आवेदन फारमको अन्तिम मिति : २०८१ सालको भदौ २० गते हो भने

दोबर दस्तुर सहित २०८१ सालको भदौ २७ गतेसम्म फाराम भर्न सकिनेछ।

 

Note: आवेदनको लागि स्वीकार्य हुने शैक्षिक योग्यताको प्रमाणपत्र २०८१ सालको भदौ २० गतेसम्म जारी गरिएको हुनुपर्छ (समकक्षता प्रमाणपत्र समावेश गरिएको भए पनि)।

Recent News

Daily Study Goal

Keep up your preparation momentum!

75% completed today