Grab 90% Discount
नेपाल खानेपानी संस्थानमा भारि मात्रामा जागिर खुल्यो

नेपाल खानेपानी संस्थानमा भारि मात्रामा जागिर खुल्यो

नेपाल खानेपानी संस्थानमा भारि मात्रामा जागिर खुल्यो: इन्जिनियरदेखि सहायक तहसम्म १५०+ पदका लागि दरखास्त आह्वान काठमाडौँ । सरकारी सेवामा प्रवेश गर्न चाहनेहरूका लागि खुसीको खबर छ! नेपाल खानेपानी संस्थानले प्रशासन र प्राविधिक तर्फका विभिन्न रिक्त पदहरू पूर्ति गर्न ठूलो संख्यामा नयाँ भर्ना खोलेको छ।

Date:4/22/2026, 3:00:08 AM
264
Sansthan

संस्थानले २०८३ वैशाख ६ गते सूचना प्रकाशित गर्दै तह ४ देखि तह ९ सम्मका कूल १५०‌‍‍+ सिटका लागि खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिको आह्वान गरेको हो।

कुन पदमा कति सिट?

संस्थानले माग गरेका प्रमुख पदहरू र उपलब्ध कोटाको विवरण तलको तालिका दिइएको छ:

सि.नं.

पद र तह

खुला

महिला

आ.ज.

मधेशी

दलित

अपाङ्ग

पि.क्षे.

जम्मा

१.

उप प्रबन्धक (तह ९ - प्रशासन)

-

-

-

-

-

-

२.

उप प्रबन्धक (तह ९ - लेखा)

-

-

-

-

-

-

३.

सहायक प्रबन्धक (तह ८ - प्रशासन)

-

-

-

-

-

४.

सहायक प्रबन्धक (तह ८ - लेखा)

-

-

-

-

-

-

५.

सिभिल इन्जिनियर (तह ७)

-

१४

६.

मेकानिकल इन्जिनियर (तह ७)

-

-

-

-

-

-

७.

कम्प्युटर इन्जिनियर (तह ७)

-

-

-

-

-

-

८.

कानुन अधिकृत (तह ७)

-

-

-

-

-

९.

शाखा अधिकृत (तह ७)

-

-

-

-

-

१०.

सहायक अधिकृत (तह ६ - प्रशासन)

-

-

-

-

११.

सहायक लेखा अधिकृत (तह ६)

-

-

-

-

१२.

सहायक कानुन अधिकृत (तह ६)

-

-

-

-

-

-

१३.

वरिष्ठ सहायक (तह ५ - प्रशासन)

-

-

१०

१४.

हेभि इक्विप्मेन्ट ड्राइभर (तह ५)

-

-

-

-

-

-

१५.

लेखापाल (तह ५ - प्रशासन)

-

-

१०

१६.

सब इन्जिनियर (तह ५ - सिभिल)

-

-

-

१७.

सुपरभाईजर (तह ५ - सिभिल)

-

-

-

-

-

१८.

सुपरभाईजर (तह ५ - इले/मेका)

-

-

-

-

-

१९.

केमिष्ट (तह ५ - गुणस्तर)

-

-

-

-

-

२०.

वरिष्ठ कम्प्युटर अपरेटर (तह ५)

-

-

-

-

-

-

२१.

सहायक (तह ४ - प्रशासन)

-

-

१४

२२.

सिनियर मिटर रिडर (तह ४)

-

-

-

२३.

हेभि ड्राइभर (तह ४)

-

-

-

-

-

-

२४.

सहायक लेखापाल (तह ४)

१७

३०

२५.

सिनियर प्लम्बर (तह ४)

-

-

२६.

प्लान्ट अपरेटर (तह ४)

-

-

-

-

२७.

पम्प अपरेटर (तह ४)

-

-

१०

२८.

मिटर मेकानिक्स (तह ४)

-

-

-

-

२९.

कम्प्युटर अपरेटर (तह ४)

-

-

-

-

कुल जम्मा सिट

९०

२४

१६

१२

१५३

आवेदन प्रक्रिया र महत्वपूर्ण मितिहरू

यदि तपाईं यी पदहरूका लागि योग्य हुनुहुन्छ भने, तोकिएको समयभित्र निम्न प्रक्रिया पूरा गरी आवेदन दिन सक्नुहुन्छ:

  • फाराम बुझाउने अन्तिम मिति: २०८३ वैशाख २७ गतेसम्म (२१ दिनभित्र)।

  • दोब्बर दस्तुरमा: थप ७ दिनसम्म (२०८३ जेठ ३ गतेसम्म)।

  • दरखास्त फाराम पाइने ठाउँ: संस्थानको प्रधान कार्यालय, त्रिपुरेश्वर, काठमाडौँ वा वेबसाइट www.nwsc.gov.np बाट डाउनलोड गर्न सकिनेछ।

  • परीक्षाको किसिम: लिखित परीक्षा लोक सेवा आयोगद्वारा सञ्चालन गरिनेछ।

दरखास्त दस्तुर

  • तह ८ र ९: रु. २,०००

  • तह ६ र ७: रु. १,२००

  • तह ४ र ५: रु. ७००
    (समावेशी समूह तर्फ थप आवेदन दिएमा उल्लेखित खुल्ला परीक्षा दस्तुरमा तह ८ र ९ को हकमा रु ५००, तह ६ र ७ हकमा रु ४००, तह ४ र ५ हकमा रु २०० थप दस्तुर लाग्नेछ)

आवश्यक योग्यता

  • प्राविधिक पदका लागि: सम्बन्धित विषयमा इन्जिनियरिङ वा प्राविधिक शिक्षा हासिल गरेको।

  • प्रशासन पदका लागि: पद अनुसार एसईई (SEE) देखि स्नातकोत्तर (Masters) तह उत्तीर्ण भएको।

  • उमेर हद: सहायक स्तरका लागि १८–३५ वर्ष र अधिकृत स्तरका लागि २१–३५ वर्ष (महिला तथा अपाङ्गको हकमा ४० वर्ष)।


किन आवेदन दिने?
नेपाल खानेपानी संस्थान एक सरकारी निकाय भएकोले यसमा करियर बनाउनु सुरक्षित र प्रतिष्ठित मानिन्छ। लोक सेवा आयोगले परीक्षा लिने भएकाले यसमा निष्पक्षता र योग्यताको कदर हुन्छ।

थप जानकारीका लागि:

संस्थानको प्रधान कार्यालय, त्रिपुरेश्वरमा सम्पर्क गर्न वा आधिकारिक वेबसाइट नियमित हेर्न अनुरोध गरिन्छ।


तपाईँको तयारीलाई कसरी मजबुत बनाउने?
नेपाल खानेपानी संस्थानको परीक्षा लोकसेवा आयोगले लिने हुनाले यसको प्रतिस्पर्धा निकै उच्च हुन्छ। यस्तो अवस्थामा केवल किताब पढेर मात्र पुग्दैन, निरन्तर अभ्यासको पनि आवश्यकता पर्छ। तपाईँको यही तयारीलाई सघाउन Loksewabishes.com ले विशेष सुविधाहरू ल्याएको छ:

  • ५००+ Sets Online MCQ अभ्यास: संस्थानको पाठ्यक्रममा आधारित पुराना प्रश्नहरू (Old Questions) र प्रत्येक विषयका (Topic-wise) ५०० भन्दा बढी वस्तुगत प्रश्नहरूमा अनलाइन अभ्यास गर्न सकिनेछ। अहिले Practice गर्नुहोस् 👉 https://loksewabishes.com/mcq

  • नेपाली टाइपिङ अभ्यास: धेरैजसो प्राविधिक र प्रशासनका पदहरूका लागि नेपाली टाइपिङ अनिवार्य हुन्छ। हाम्रो प्लेटफर्ममा तपाईँले आफ्नो टाइपिङ गति (Speed) र शुद्धता बढाउन निःशुल्क अभ्यास गर्न सक्नुहुन्छ। अहिले Nepali Typing Practice गर्नुहोस् 👉 https://loksewabishes.com/typing

  • नतिजा विश्लेषण: अनलाइन टेस्ट दिएपछि तुरुन्तै आफ्नो नतिजा र सही उत्तरहरू हेर्न सकिन्छ, जसले गर्दा तपाईँले आफ्नो कमजोरी सुधार्न सक्नुहुन्छ।


अझ विस्तृत जानकारिको लागि माथि दिएको Related Files को pdf open गरेर हेर्नुहोस् ।

Recent News

Daily Study Goal

Keep up your preparation momentum!

75% completed today