
के तपाईंलाईसरकारी बैंकमा जागिर खाने मन छ?
नेपालको सन्दर्भमा 'सरकारी जागिर' आफैमा एउटा प्रतिष्ठाको विषय हो, त्यसमा पनि 'सरकारी बैंक' को जागिर हुनु भनेको समाजमा छुट्टै पहिचान, आर्थिक सुरक्षा र उज्ज्वल भविष्यको सुनिश्चितता हुनु हो। यदि तपाईं पनि लोकसेवा वा बैंकिङ तयारीको सोचमा हुनुहुन्छ भने, यो लेख तपाईंको लागि एउटा पूर्ण गाइड बन्नेछ।
आज म तपाईंलाई नेपालका ४ शक्तिशाली सरकारी बैंकहरू, तिनको परीक्षा प्रक्रिया र तयारीका रणनीतिबारे विस्तृत जानकारी दिँदैछु।
नेपालका ४ शक्तिशाली सरकारी बैंकहरू: तपाईँको पहिलो रोजाइ
नेपालमा धेरै बैंक तथा वित्तीय संस्थाहरू भए पनि लोकसेवा तयारी गर्नेहरूको मुख्य रोजाइमा यी तीन बैंक पर्छन्:
१. नेपाल राष्ट्र बैंक (NRB): बैंकहरूको पनि बैंक 🏛️
नेपालको केन्द्रीय बैंक भएकाले यहाँ जागिर खानुलाई सबैभन्दा 'प्रेसिटिजियस' मानिन्छ।
स्थापना: वि.सं. २०१३ वैशाख १४ गते।
किन रोज्ने?: नीति निर्माण तहमा काम गर्ने अवसर, उच्च तलब सुविधा र अन्तर्राष्ट्रिय स्तरको एक्सपोजर।
भ्याकेन्सी: सामान्यतया वर्षको एक पटक (भदौ/असोज तिर) ठूलो संख्यामा अधिकृत र सहायक तहमा विज्ञापन खुल्छ।
२. राष्ट्रिय वाणिज्य बैंक (RBB): सबैभन्दा ठूलो सञ्जाल 💰
पूर्ण सरकारी स्वामित्वको यो बैंक सेवा सुविधा र बोनसका हिसाबले कर्मचारीहरू माझ निकै लोकप्रिय छ।
स्थापना: वि.सं. २०२२ माघ १० गते।
किन रोज्ने?: देशैभरि शाखा संजाल भएकोले आफ्नै पायक पर्ने ठाउँमा काम गर्न पाइने र सेवा सुविधाहरूमा अग्रस्थानमा।
भ्याकेन्सी: यसले प्राय: चैत/वैशाख तिर विज्ञापन निकाल्ने गर्दछ।
३. कृषि विकास बैंक (ADBL): ग्रामीण र उत्पादनशील क्षेत्रको मेरुदण्ड 🚜
स्थापना: वि.सं. २०२४ माघ ७ गते।
किन रोज्ने?: कृषि र उत्पादनमूलक क्षेत्रमा काम गर्ने विशिष्ट अनुभव र सरकारी सेवा सरहकै सामाजिक प्रतिष्ठा।ग्रामीण र उत्पादनशील क्षेत्रको मेरुदण्ड—गाउँदेखि शहरसम्म भरोसा।
भ्याकेन्सी: यसले पनि वर्षको एक पटक तह ४ देखि ७ सम्मका लागि आवेदन आह्वान गर्दछ।
४. नेपाल बैंक लिमिटेड (NBL) 📜
स्थापना मिति: वि.सं. १९९४ कात्तिक ३० गते (November 15, 1937)
विशेषता: यो नेपालको इतिहासमै पहिलो बैंक हो। तत्कालीन राजा त्रिभुवनबाट यसको उद्घाटन भएको थियो, जसले नेपालमा संस्थागत बैंकिङ प्रणालीको सुरुवात गर्यो।
योग्यता र परीक्षा प्रणाली (Eligibility & Selection Process)
यी बैंकहरूमा प्रवेश गर्नका लागि लोक सेवा आयोगले परीक्षा सञ्चालन गर्दछ, जसले गर्दा छनोट प्रक्रिया पूर्णतः निष्पक्ष र पारदर्शी हुन्छ।
१. निम्न तह (Level 2 & 3):
यी पदहरू प्राय: विशेष सीप वा प्राविधिक कामका लागि हुन्छन्।
तह २ (सवारी चालक/कार्यालय सहयोगी): यसका लागि साधारण लेखपढ वा कक्षा ८ उत्तीर्ण देखि SLC/SEE सम्मको योग्यता मागिन्छ। (नोट: सबै बैंकमा यी पदमा खुला विज्ञापन नखुल्न सक्छ)।
तह ३ (जुनियर सहायक/गोल्ड टेष्टर): नेपाल बैंक र कृषि विकास बैंक जस्ता संस्थाले गोल्ड टेष्टर (सुन जाँचकी) का लागि तह ३ मा विज्ञापन खुलाउँछन्। यसका लागि SLC/SEE उत्तीर्ण हुनुपर्छ।
२. सहायक तह (Level 4 & 5):
तह ४ (सहायक/Assistant): यो सबैभन्दा धेरै प्रतिस्पर्धा हुने पद हो। यसका लागि न्यूनतम १०+२ (Plus Two) वा सो सरह उत्तीर्ण हुनुपर्छ। (पहिले SLC मा पनि खुल्थ्यो, तर अहिले न्यूनतम प्लस टु अनिवार्य जस्तै छ)।
तह ५ (वरिष्ठ सहायक/Senior Assistant): यसका लागि न्यूनतम स्नातक तह (Bachelor's Degree) उत्तीर्ण हुनुपर्छ। कतिपय अवस्थामा प्लस टु उत्तीर्ण गरी बैंकमा अनुभव भएकाहरू आन्तरिक प्रतिस्पर्धाबाट यहाँ पुग्छन्।
३. अधिकृत तह (Level 6, 7, 8 & 9):
तह ६ (शाखा अधिकृत/Officer): खुला प्रतिस्पर्धाबाट भर्ना हुने सुरुवाती अधिकृत पद। योग्यता: स्नातक (Bachelor's) वा स्नातकोत्तर (Master's)। (NRB मा अधिकृतका लागि स्नातकोत्तर अनिवार्य हुन सक्छ)।
तह ७ (वरिष्ठ अधिकृत/Senior Officer): यसका लागि स्नातकोत्तर (Master's Degree) उत्तीर्ण हुनुपर्छ। यो पदमा पनि खुला प्रतिस्पर्धाबाट सिधै भर्ना लिने गरिन्छ।
तह ८ (सहायक प्रबन्धक/Assistant Manager): यसमा पनि केही प्रतिशत खुला विज्ञापन खुल्छ। योग्यता: सम्बन्धित विषयमा स्नातकोत्तर (Master's) र केही वर्षको कार्य अनुभव (Experience) आवश्यक पर्छ।
तह ९ (उप-प्रबन्धक/Deputy Manager): यो माथिल्लो व्यवस्थापकीय पद हो। यसमा पनि निश्चित कोटामा खुला विज्ञापन खुल्न सक्छ, जहाँ स्नातकोत्तर सँगै ७ देखि १० वर्षको बैंकिङ अनुभव मागिन्छ।
बैंकिङ सेवाका लागि उमेरको हद (Age Limit):
१. सहायक तह (तह ३, ४ र ५) का लागि:
न्यूनतम: १८ वर्ष पूरा भएको हुनुपर्ने।
अधिकतम (पुरुष): ३५ वर्ष ननाघेको।
अधिकतम (महिला): ४० वर्ष ननाघेको।
२. अधिकृत तह (तह ६ र ७) का लागि:
न्यूनतम: २१ वर्ष पूरा भएको हुनुपर्ने।
अधिकतम (पुरुष): ३५ वर्ष ननाघेको।
अधिकतम (महिला): ४० वर्ष ननाघेको।
३. माथिल्लो अधिकृत तह (तह ८, ९ र १०) का लागि:
यी पदहरूमा खुला तर्फबाट दरखास्त दिँदा अधिकतम उमेर ४० वर्ष सम्म हुने गर्दछ। (केही विशेष प्राविधिक पदहरूमा अनुभवका आधारमा ४५ वर्षसम्म पनि हुन सक्छ)।
विशेष छुट (Exemption):
बहालवाला कर्मचारी: सम्बन्धित बैंकमा स्थायी रूपमा कार्यरत कर्मचारीहरूलाई भने खुला प्रतिस्पर्धामा भाग लिन कुनै उमेरको हद लाग्दैन। अर्थात्, उनीहरू अवकाश हुनुभन्दा अघिसम्म जुनसुकै तहमा पनि भिड्न पाउँछन्।
२. परीक्षाको चरण (Exam Steps):
प्रथम चरण (Pre-Test): यसमा सामान्य ज्ञान (GK), बैंकिङ, गणित र कम्प्युटर सम्बन्धी बहुवैकल्पिक प्रश्न (MCQs) सोधिन्छ। MCQ Online Practice Platform 👉 https://loksewabishes.com/mcq
द्वितीय चरण (Written Exam): यसमा लिखित रूपमा बैंकिङ ऐन, व्यवस्थापन, अर्थशास्त्र र लेखा सम्बन्धी विषयगत प्रश्नहरू हुन्छन्।
तृतीय चरण (Interview): लिखित परीक्षामा सफल भएकालाई अन्तर्वार्ताका लागि बोलाइन्छ।
बैंकमा जागिर खानुको वास्तविक फाइदाहरू
आकर्षक तलब र बोनस: निजामती सेवाको तुलनामा बैंकहरूमा खाइपाइ आएको तलब बाहेक उपदान, सञ्चय कोष र आकर्षक वार्षिक बोनसको व्यवस्था हुन्छ।
करियर ग्रोथ: कार्यसम्पादन र आन्तरिक परीक्षाका आधारमा छोटो समयमै माथिल्लो तहमा बढुवा हुने अवसर मिल्छ।
स्थायित्व र सुरक्षा: यो पूर्ण रूपमा सुरक्षित सरकारी जागिर हो, जहाँ पेन्सन र औषधि उपचार खर्चको सुविधा उपलब्ध हुन्छ।
"मिहिनेत आजको, सुखी जीवन भोलिको!"
सफल तयारीका लागि गुरुमन्त्र (Expert Tips)
१. सिलेबसलाई आधार बनाउनुहोस्: सुरुमा आफूले परीक्षा दिने तहको पाठ्यक्रम (Syllabus) प्रिन्ट गर्नुहोस् र प्रत्येक टपिक बुझेर पढ्नुहोस्।
२. बैंकिङ ऐन र नियम (Act, Rules and Bylaws): नेपाल राष्ट्र बैंक ऐन २०५८, बाफिया (BAFIA) २०७३, र सम्पत्ति शुद्धीकरण(Money Laundering) २०६४ सम्बन्धी ऐनहरू सुजबुझका साथा कण्ठ पार्नुहोस् या याद गर्नुहोस।
३. गणित र टाइपिङ: सहायक तहका लागि गणित (Maths) निर्णायक हुन्छ। साथै, अचेल धेरै बैंकले कम्प्युटर स्किल टेष्ट लिने हुनाले टाइपिङ अभ्यास जारी राख्नुहोस्। Nepali Typing Practice 👉 https://loksewabishes.com/resources
४. पुरानो प्रश्नको अभ्यास: कम्तिमा विगत ५ वर्षका प्रश्नहरू (Old Questions) हल गर्ने प्रयास गर्नुहोस्।
Old Questions Set 👉 https://loksewabishes.com/resources
तयारीमा हामी साथ दिन्छौँ!
तपाईँको बैंकिङ सपना साकार पार्न loksewabishes.com सधैँ तत्पर छ। हाम्रो प्लेटफर्ममा तपाईँले पाउनुहुनेछ:
अपडेटेड Banking GK & MCQs
Old Questions
नयाँ Syllabus र तयारी नोटहरू
दैनिक क्विज र अनलाइन टाइपिङ अभ्यास
आजैदेखि आफ्नो तयारीलाई अर्को स्तरमा लैजानुहोस्। सफलताको शुभकामना!
